हावाहुरीले उडाउदा एकको मृत्यु
काठमाडौ-वेगले आएको हावाहुरीले पुर्वी पाल्पाको रामपुरमा एकजनालाई उडाउदा लडेर हिजो एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार रामपुर गाविस वेझाडमा गीता डोटेलको घरमा ज्यामी काम गर्दै गरेका सिलुवा गाविस ४ मनहरी घर भएका ४१ वर्षका हुमबहादुर राना लाई हावा ले उडाउदा मृत्यू भएको हेा । दोस्रो तलामा काम गर्दै गरेको अवस्थामा एक्कासी हावाहरी आउदा उन्लाई ्र लडाएको थियो । लडेर घाइते भएका रानाको रामपुर वेझाडमा रहेको मोडल अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । |