बालकद्वारा आत्महत्या
मध्यपुर थिमी- भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिकाको दक्षिणतर्फ रहेको दधिकोट गाविस बस्ने १३ वर्षका एक बालकले आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरेका छन् । गणेशप्रसाद न्यौपानेको छोरा सरोज न्यौपानेले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी सहायक निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । घरमा कोही नभएको बेलामा झुण्डिएर आत्महत्या गरेका बालकको शव भक्तपुर अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।
|