सय भन्दा बढी अपाङ्ग गिरफ्तार
काठमाडौ-संविधानसभामा अपाङ्ग हरुको प्रतिनिधित्व हुनु पर्ने माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार घेराउ गर्न गएका १ सय भन्दा बढी अपाङ्गलाइ आज प्रहरीले गिरफ्तार गरेको छ । मन्त्रीपरिषदले मनोनित गर्ने २६ जना संविधान सभासदमा कम्तीमा १ जना अपाङ्गलाई मनोनित गर्नु पर्ने भन्दै वालुवाटार पुगेका अपाङ्गहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कमल पोखरीमा राखेर केहिबेर अघि छोडिएको छ । |