हुरी बतासमा परि फिदिममा दुईको मृत्यु
बिराटनगर-अचानक आएको हुरी बतासका कारण पाँचथर फिदीममा एक ३ वर्षीया बालिकाको मृत्यु भएको छ भने अर्का एक वालिका गम्भीर घाइते भएकी छिन् । फिदीम स्थित शनिबारे बजार नजिकै खेल्दै गरेका बेला अचानक आएको हुण्डरीले नजिकैको कटुसको भाँचिएको हाँगोले थिच्चिएर तीन वर्षिया बालिका खुशीमाया मुखीयाको मृत्यु भएको हो भने ८ बर्षिया शोभा मुखीया गम्भिर घाइते भएकी छिन् । हाँगोले किच्चिएर गम्भीर घाइते शोभाको अहिले धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । उता धनकुटा आँखीसल्ला १ का अन्दाजी ४० बर्षिय बालकुमार राइको दिउँसो आएको हुण्डरीसँगै ढुङ्गा लडेर किच्दा घटनास्थलमै मृत्यू भएको छ । सिरिसे खोलामा सोही ठाँउका ३८ बर्षिय उद्धब खालीङ्ग सँग पूजा गर्न गएको बेला आएको हुण्डरीले ढुङ्गा लडेर उनिहरुलाई किचेको थियो । ढुङ्गाले किच्दा खालिङ्ग समेत गम्भिर घाइते भएका छन् । यस्तै सुनसरीको रामगाज सिनुवारी ४ मा आएको हुरीबतासका कारण २३ घर पूर्ण रुपमा क्षति ग्रस्त हुनुका साथै हुरीले उडाएको टिनले बुधन यादब घाइते भएका छन् । |