राजालाई संविधान सभाको पहिलो बैठक अगावै दरवार छोड्न प्रचण्डको सन्देश
काठमाडौ-राजाका दुत कमल थापाले राजा सांस्कृतिक अधिकार बस्न चाहेको सन्देश दिए लगत्तै माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको पहिलो बैठक पूर्वनै नारायणहिटि दरवार छाडन राजा ज्ञानेन्द्रलाई सन्देश पठाएको जानकारी दिनुभएको छ । लिम्वुवान राज्य समितिको विस्तारीत बैठकको आज इलाममा उदघाटनपछि संचारकर्मी हरुसंग कूरागर्दै अध्यक्ष प्रचण्डले संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र कार्यान्वयन हुनेमा कूनै आशंका नगर्न आग्रह गर्नुभयो । प्रचण्डले आजै चिया वगानका मजदुरहरुसंग भेटगरी ऊनीहरुका समस्यावारे जानकारी लिनु भएको छ । |