|
|
पहिलो बैठकअघि नै माओवादीलाई नेतृत्व हस्तान्तरण गर
विराटनगर-नेकपा माओवादीका वरिष्ठ नेता डा।बाबुराम भट्टराईले संविधानसभाको पहिलो बैठकअघि नै माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभएको छ । मोरङ व्यापार संघको ५६ औं वार्षिक साधारणसभाको आज विराटनगरमा उद्घाटन गर्दै नेता भट्टराईले–माओवादीले सरकारको नेतृत्व गर्ने पूर्ण जनादेश पाएको समेत बताउनु भयो । भट्टराईले भन्नुभयो–जनताको जनादेशलाई अपमान र अपव्याख्या गरिन्छ भने हामीसँग सशस्त्र ढंगले सडकमा उत्रिनेबाहेक विकल्प हुनेछैन सत्ता हस्तान्तरणको लागि विभिन्न बहाना रचिएको दावी गर्दै भट्टराईले भन्नुभयो–प्रधानमन्त्रीका आउरे भाउरेकै कारण माओवादी अहिलेसम्म सरकारको नेतृत्वमा आउन नसकेको हो । निर्वाचनमा पराजय भोगेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विभिन्न देशका उदाहरण दिँदै नेता भट्टराईले भन्नुभयो–यहाँ के षडयन्त्र भइरहेको छ बुझ्न सकिएको छैन । संविधानसभाको निर्वाचनमा माओवादी र मधेस पार्टीहरुले राजनीतिक पार्टीको हैसियत पाएको प्रसंग उठाउँदै उहाँले मधेस पार्टीहरुसँग माओवादीको मतमतान्तर भए पनि सरकारको नेतृत्व दुवैले लिनुपर्छ भन्ने मान्यता रहेको बताउनुभयो । नेता भट्टराईले प्रधानमन्त्रीले नयाँ शक्तिलाई कुसर्ी दिन हिच्किचाउनु भनेको अहिलेसम्मको उहाँको योगदान समाप्त भएर जानु हो भन्नुभयो–प्रधानमन्त्रीले जति चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्नुहुन्छ उहाँको हैसियत बढ्छ होइन भने उहाँको हैसियत गिर्दै जान्छु नेता भट्टराईको धारणा छ । यसैबीच नेता भट्टराईले जबसम्म राजनीतिक निकास निस्कँदैन तबसम्म आर्थिक विकासको कुरा सम्भव नहुने स्पष्ट पार्नुभयो । उहाँले व्यवसायीहरुको साधारणसभालाई संवोधन गर्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । पाचायतकालीन र संसदीयकालीन व्यवहार माओवादीसमक्ष नराख्न उद्योगी व्यवसायीहरुलाई नेता भट्टराईले सुझाव दिनुभयो । उहाँले भन्नुभयो–पुरानो नेपालका कुरा अब नगर्नुस् पुरानो संस्कारसमेत फर्काउने दबाब माओवादीलाई नदिनुस् । उहाँले उद्योगी व्यवसायीहरुसँग माओवादीको सम्बन्धमा पूनःविचार गरिनुपर्छ भन्नुभयो–नेता भट्टराईले उद्योगी व्यवसायीहरुसँग माओवादीले पारदर्शी खुलस्त र नीतिगतरुपमा सम्बन्ध बनाएर जाने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष कुशकुमार जोशीले सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुमाथि दिनप्रतिदिन हत्या अपहरणजस्ता कि्रयाकलाप नरोकिएको चर्चा गर्दै व्यवसायीहरुको सुरक्षाको माग गर्नुभयो । उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चण्डीराज ढकालले संविधानसभाको निर्वाचनपछि माओवादी सरकारको नेतृत्व गर्न सक्षम रहेकोले लचिलो श्रम नीति स्थापना गरी औद्योगिक सुरक्षा बलको गठन हुनुपर्ने बताउनुभयो । मोरङ व्यापार संघका अध्यक्ष जीवन नेपालले विराटनगर विगत केही वर्षदेखि पूर्वाधार विकास निर्माणको मन्द गति लोडसेडिङ चन्दा आतंक राजनीतिक अस्थिरताजस्ता कारणले ओझेलमा परेको बताउनुभयो । उहाँले माओवादी नेता भट्टराईसमक्ष नौसूत्रीय माग राख्दै विराटनगरमा ड्राइपोट निर्यात प्रशोधन केन्द्रको स्थापना तथा ६७ केभीए विद्युत् प्रशारण लाइनको व्यवस्था गरिनुपर्ने बताउनुभयो । साधारणसभामा उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छा मोरङ व्यापार संघका सल्लाहकार शंकरलाल अग्रवाललगायतका वक्ताहरुले कवाडीकर खारेजीको माग गर्नुभएको थियो । |
|
|
|
 |
|
 |
|
छाप्नुस् |
इमेल
गर्नुस् |
प्रतिक्रिया दिनुस् |
|
|
|
|
|
|
|
हाम्रो समाचार |
|
| |
|