गणतन्त्रको कार्यन्वयन जेठ १५ गतेमा हुने प्रधानमन्त्रीको धारणा
काठमाडौ-प्रधानमन्त्री गिरिजाप्रसाद काइरालाले आगामी जेठ १५ गते गणतन्त्रको कार्यान्वयन हुने बताउनु भएको छ । संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र कार्यान्वयन गर्ने विषयमा कसैले शंका गरीरहनु नपर्ने कोइरालाको भनाइ थियो । संविधानसभाको पहिलो बैठकबाटै गणतन्त्रको कार्यान्वयन लगायतका माग सहित ज्ञापनपत्र बुझाउन गएको नेकपा संयुक्त माक्संवादीसंगको भेटमा प्रधानमन्त्री कोईरालाले अन्तरीम संविधानमा उल्लेख भएअनुरुप संविधानसभाको पहिलो बैठक वाट गणतन्त्र कार्यान्वयन गरिने जानकारी गराउनु भएको भेटमा सामेल संयुक्त माक्संवादीका अध्यक्ष लोकनारायण सुबेदीले जानकारी गराउनु भयो । प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि संविधान संसोधनको तयारी भइरहको बताउनु भएको पनि सुवेदीले जानकारी दिनुभयो । अध्यक्ष सुबेदी महासचिव हेमन्त विसी सहितको टोलीले प्रधानमन्त्री कोइरालालाई भेटी ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र देशमा बिगि्रदै गएको शान्ति शुरक्षा बढ्दो महङगी लोडसेडिङ लागाएतका दैनिक सरोकारका राष्ट्रिय विषयवस्तुप्रती प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । आफुहरुका मागप्रति प्रधानमन्त्री साकारात्मक रहनु भएको पनि अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । |