बिरगंजमा बिस्फोटन २ घाइते
बिरगन्ज-माइस्थानमा गए राती भएको बम बिस्फोटमा २ जना घाइते भएका छन । बिस्फोटमा परि घाइते हुनेहरु सोही बिस्फोट गराउने कार्यमा संलग्न ब्यक्तिहरु रहेको प्रहरीको आशंका छ । माइस्थान स्थित हिम्मत सेकुवा पसलमा गए राती सवा ९ बजे सो बिस्फोट भएको हो । सेकुवा पसलमा बसि अन्यत्र बिस्फोटको योजना बनाइरहेका बेला एक्कासी भएको बिस्फोटमा परि ती २ घाइते भएको हुन सक्ने प्रहरी निरीक्षक के। पी। शर्माले बताउनुभयो । बिस्फोटमा परि घाइते हुनेहरुमा पसा्र मनियारीका चन्द्रशेखर यादव र वीरगंज १७ का शम्भु खनाल रहेका छन । घाइते दुबैको प्रहरी नियन्त्रणमा वीरगंज स्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यसैबिच आफुलाइ मधेशी मुक्ति टाइगस्रका बिक्रान्त बताउने ब्यक्तिले स्थानिय संचारकर्मीहरुलाइ टेलीफोन गरि सो पसललाइ लक्षित गरि बिस्फोट गराएको। दावी गरेका छन |