मेची राजमार्ग अझै बन्द
इटहरी-विभिन्न दश सुत्रिय माग पुरा नभएको भन्दै हिजोबाट भएको मेची देखी जनकपूरसम्मको अनिश्चितकालीन यातायात बन्दका कारण आजपनि सार्वजनिक सवारीका साधन ठप्प रहेका छन् । बन्दको उलङघन गरेको भन्दै यातायात ब्यबसायी र मजदूरले आज बिहान इटहरी चौकमा तिनवटा सवारी साधनमा तोडफोड समेत गरेका छन् । काठमाण्डौंबाट पूर्वका बिभिन्न ठाँउका लागी आएका २ वटा यात्रुबहाक बस र एउटा ट्रकमा उनिहरुले तोडफोड गरेका हुन् । बन्द आह्वानकर्ताहरुले ना३ ख ९११ ना३ख २६२६ नम्बरको यात्रुबहाक बस र ना २ ख २०१० नम्बरको ट्रक तोडफोड गरि क्षति पुर् याएको प्रहरीले जनाएको छ सुनसरी प्रहरीका अनुशार तोडफोडबाट सवारीसाधनका सम्पूर्ण शिसा फुटेका छन् । क्षतिपुर्तीको विषयमा भएको विवादका कारण आइतवारदेखि अवरुद्ध मेचि अन्चलको यातायात बन्दलाई एक्यवद्धता जनाउदै कोशी सगरमाथा र जनकपुर अाचलले पनि यातायात वन्दको आवहान गरेका हुन । मेची अन्चल बस व्यवसायी संघसूग आवद्ध ना २ ख ४०४३ नम्वरको यात्रु वसबाट लडेर मृत्यु भएका मोरङ रमिते २ का युद्धराज राईको आफन्तले पन्ध्र लाख रुपैया क्षँतिपुर्ती दिनुपर्ने अडान राखेपछि विवाद शुरु भएको थियो । संयुक्त सर्घष समितिका संयोजक हिरा दाहालका अनुसार मृतकका आफन्तले संघका बसहरु कब्जा लिएपछि व्यवसायीले अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेको हो । सवारी दुर्घटनामा कसैको मृत्यु भएमा कि्रया खर्च तथा क्षतिपूर्ति भनी तोकिएको ७५ हजार भन्दावढि दिलाउने कार्य तत्काल वन्द गरिनुपर्ने सवारी तथा यातायात व्यबस्था ऐन अन्तरगत कारवाही हुनुपर्ने दुर्घटनावाट उत्पन्न आर्थिक दायित्वको सम्पूर्ण जिम्मेवार विमा कम्पनी हुनुपर्ने लगायतको मागहरु व्यावसायीहरुले राखेका छन् । यातायात बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावीत भएको छ । |