संक्रमणकालमा जिम्मेवारी बहन नगरे शान्तिप्रकि्रया बिथोलिन्छ:प्रधानमन्त्री कोइराला
काठमाडौ-प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । उहाँले मुलुक संक्रमणकालमा रहेकाले गलत कदम उठाउदा शान्ति प्रकि्रया नै बिथोलिनसक्ने चेतावनी दिनुभएको छ । आज गृहमन्त्रालय हातामा कोरियाली सहयोग नियोग कोइकाको सहयोगमा निर्माण हुन लागेको सरकारी डाटा तथा तालिम केन्द्रको आज विहान सिहंदरबार परिसरमा उद्घाट गर्दै प्रधानमन्त्री कोइराललो यस्तो बताउनु भएको हो । कोइरालाले संचारमाध्यहरु पनि शान्ति प्रकि्रयालाई स्थायीत्व दिन जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयेा । कोरियाली सरकारको बैदेशिक सहयागी संस्था के ओ आई सी ए को सहयोगमा यो भवन निर्माण हुन लागृेको हो । |