|
|
राजाबाट हुने चलखेलप्रति सचेत रहन एमाले नयाँ महासचिवको आग्रह
काठमाडौ-नेकपा एमालेका नयाँ महासचिव झलनाथ खनालले जेठ १५ बाट राजतन्त्रको अन्त्य हुने बताउनुभएको छ । जेठ १५ गते बस्ने सँविधान सभाको बैठकले राजतन्त्रको विधिवत अन्त्य गर्ने बताउँदै खनालले त्यस्पछि राजाबाट हुनसक्ने सँभावित चलखेल निस्तेज पार्न नेपाली जनतासमक्ष आग्रह गर्नुभएको छ । मदन आश्रित दिवसका अवसरमा एमाले मुख्यालय बल्खुमा आज विहान आयोजित श्रद्धान्जली तथा सम्मान कार्यक्रममा महासचिव खनालले जेठ १५ गते वस्ने सँविधान सभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी गणतन्त्र कार्यान्वयन गर्ने बताउनुभयो । सँविधान सभाको निर्वाचन लगत्तै नेपालमा राजतन्त्रको अन्त्य भैसकेको र १५ गते औपचारिक विदा हुने बताउँदै महासचिव खनालले सँघीय लोकतान्त्रिक गणतन्त्रबाट नयाँ नेपालको उदय हुने बताउनुभयो । कार्यक्रममा निवर्तमान महासचिव माधवकुमार नेपालले एमाले अझै पनि जनताको बहुदलीय जनवादलाई आत्मसात गरी अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन मदन भण्डारीको जनवाद अझै पनि सार्थक भएको बताउनुभयो । सँविधान सभाबाट नयाँ सँविधान लेख्ने कुरामा सव्ै पक्ष सँवेदनशील हुनुपर्ने नेपालको भनाई थियो । नेकपा एमाले का तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा जीप दुर्घटनामा परी निधन भएको स्मृतिमा यस वर्ष आज एमालेले गणतन्त्रको स्थापना र संविधानको निर्माणको कामलाई प्रमुखता दिने सन्देशका साथ मनाइरहेको छ । नेता भण्डारीले एमालेलाई लोकतान्त्रिक मान्यताकलाई व्यबारमा उतार्ने जनताको बहुदलीय जनवादु को परिकल्पना पनि गर्नुभएको थियो । यस अवसरमा एमालेका निवर्तमान कार्यबहाक महासचि अमृतकुमार बोहराले हिजो जारी गर्नुभएको विज्ञप्तिामा सबै प्रकारका तानाशाही त्रास धमकि र एकदलीय निरकुंशतालाई भण्डारीले सदैव विरोध गर्नुभएको स्मरण गर्दै सामन्तवाद विरोधी आन्दोलनका अगुवा एवं गणतन्त्रका प्रशल पक्षधर भणडारीले अघि सारेका विचारलाई आधार मान्दै एमाले अघि बढ्ने ेउल्लेख गर्नु भएको छ ।भण्डारी र आश्रीतको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दाशढुङगामा जीप दुर्घटनामा परी निधन भएको थियो । एमालेले यो दुर्घटनालाई हत्याकाण्डर्को संज्ञा दिए पनि विभिन्न समयमा गठन भएको छानविन समितीहरुले घटनाको वास्तविकता के हो भन्ने बारेमा सार्वजनीक गरेका छैनन् ।घटनाको एकमात्र साक्षी जीप चालक अमर लामाको पनि केही वर्ष अघि अज्ञात समुहले हत्या गरि सकेको छ । मदनआश्रीत स्मृति दिवशका अवसरमा आज नेकपा एमालेले राजधानी लगाएत मुलुकका विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरेको छ । त्यस्तै जिप दुर्घटना भएको स्थान चितवनको दासढुङ्गमा पनि एमाले भ्रातृ संगठन अनेरास्ववियु केन्द्रीय कमिटि र एमाले चितवन जिल्ला कमिटिले संयुक्त रुपमा स्मृति सभाको आयोजना गर्दैछन । |
|
|
|
 |
|
 |
|
छाप्नुस् |
इमेल
गर्नुस् |
प्रतिक्रिया दिनुस् |
|
|
|
|
|
|
|
हाम्रो समाचार |
|
| |
|