माओवादीका कमाण्डरको कुटाईबाट सर्वसाधरणको मृत्यु
चितवन-सहकर्मी दलहरुले माओवादीका सैन्य र अर्धसैन्य संरचना भंग गर्न माग गरिरहेका समयमा माओवादीका बि्रगेड कमाण्डरहरुको कुटपिटबाट राजधानीको कोटेश्वर घर भएका रामहरी श्रेष्ठको मृत्यु भएको छ । माओवादीले कुटपिटमा सहभागि भएको भन्दै माओवादी जनसेनाका ३ जना बि्रगेट कमाण्डर मध्ये १ जनालाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको छ । प्रहरी उपरिक्षक पुष्कलराज रेग्मीका अनुसार घटनामा संलग्न गोविन्दबहादुर बटलालाई माओवादीले प्रहरीमा बुझाइएको छ भने अन्य केशव अधिकारी र गंगाराम थापा फरार भएका छन् । काठमाण्डौंको कोटेश्वर स्थित श्रेष्ठको घरमा जनमुक्ति सेनाको कार्यालय रहेको छ । कार्यालयबाट नगद र हतियार चोरी गरेको आरोपमा श्रेष्ठलाई गत बैशाख १५ गते राती जनमुक्ति सेनाले नियन्त्रणमा लिई शक्तिखोर स्थित शिविरमा ल्याएको बताइएको छ । सो पश्चात कुटपिटबाट मृत्यु भएपछि बैशाख २८ गते राती १० बजे श्रेष्ठको शवलाई भालु ढुंगास्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा बगाएको पक्राउ परेका बटलाको बयानलाई उदृतगर्दै प्रहरीले जनाएको छ । मृतक श्रेष्ठको शव हालसम्म फेला परेको छैन । उहा काठमाण्डौं कोटेश्वर स्थित शान्तिमार्ग टोलसुधार समितिका अध्यक्ष समेत रहनु भएको थियो । घटनाका विषयमा माओवादीले कुनै जानकारी दिएको छैन । |