ससुराद्वारा ज्वाइँको हत्या
पाँचथर- पाँचथर जिल्लाको फिदिम, वडा नं. ४ काभ्रेमा नागीन गाविस, वडा नं. २ निवासी हर्कबहादुर लिम्बुले खुर्पा प्रहार गरी छोरीज्वाइा रत्न राईको हत्या गरेका छन् ।
आनो श्रीमती अर्को व्यक्तिसाग गएको विषयमा ससुरासाग सोधपुछ गर्न आएको बेलामा सो घटना भएको जिल्ला प्रहरी कार्यालय, पाचथरले जनाएको छ ।
अभियुक्त ससुरा ज्वाइको हत्यापछि हतियारसहित प्रहरी कार्यालयमा आफै उपस्थित भएका थिए । मृतककी श्रीमती एक साताअघि अर्कै केटासाग विवाह गरेर गएको छिमेकीहरूले बताएका छन् । मृतक राईको तीन वषर्ीय एक छोरी भएको थाहाभएको छ । |