बुद्ध जयन्ती विश्वभर मनाइदै  ।।  सहमतिको बिकल्प नभएको प्रधानमन्त्रीको भनाई   ।।  प्युठान बस दुर्घटनामा १ को मृत्यु २९ घाइते  ।।  माओवादीले हत्या गरेको बिरोधमा कोटेश्वर र बानेश्वर क्षेत्र बन्द  ।।  आज विश्व दुरसाचार तथा सुचना समाज दिवश  ।। 

 
     हाम्रो समाचार
     हाम्रो गाउँघर
     हाम्रो नेपालमा
     अपराध-दुर्घटना
     तस्वीर संग्रहालय
     स्वास्थ्य परामर्श
     प्रविधि र जीवन
     शिक्षा र रोजगारी
     हामी  बारे
     प्रतिक्रियाहरु
Reliable Web Hosting In Nepal, Media Chautari

Webstats4U - Free web site statistics


ग्रामीण भेगमा ल्यापटप कम्प्युटर

मध्यम वर्गीय परिवारकाले समेत सहज उपयोग गर्न नसक्ने ल्यापटप कम्प्युटर ग्रामीण भेगका स-साना बालबालिकाले उपयोग गर्दै छन्भन्दा पत्यार नलाग्न सक्छ ।

तर ललितपुरको लुभु गाविस-८ मा पर्ने ज्यामिरेकोटमा अवस्थित विश्वामित्र गणेश निम्नमाध्यामिक विद्यालय र लाकुरी भञ्ज्याङ्स्थित बासुकी माध्यामिक विद्यालयमा कक्षा २ र ६ मा पढ्ने विद्यार्थीले सानो आकारको ल्यापटप उपयोग गर्न पाएका छन् ।
शिक्षा विभाग अन्तर्गत रहेको साझा शिक्षा ई पाटीले चालू शैक्षिक सत्रदेखि परीक्षणका रुपमा यी विद्यालयमा निःशुल्क ई पाटी नाम दिइएको ल्यापटप कम्प्युटर वितरण गरेपछि विद्यार्थीहरुले कम्प्युटर मार्फत अध्ययन गर्न थालेका हुन् ।
विश्वामित्र गणेश विद्यालयका कक्षा दुईका २२ जना र कक्षा ६ का ३८ जनालाई ई पाटी वितरण गरिएको छ ।
खेलौनाजस्ता लाग्ने साना ल्यापटप कम्प्युटर पाएपछि स-साना बालबालिका निकै खुसी देखिन्छन् । "भरखरै कम्प्युटर पाइएको छ, सरहरुले सिकाएपछि चलाउन जानिन्छ होला नि "- एक विद्यार्थीले भने ।
लाकुरी भञ्ज्याङस्थित बासुकी माध्यामिक विद्यालयका ६० जना विद्यार्थीलाई पनि ल्यापटप कम्प्युटर वितरण गरिएको छ ।
साझा शिक्षा ई पाटीका कार्यकारी निर्देशक रवि कर्माचार्यले आगामी वर्ष देशका पाँच जिल्लाका १० वटा सामुदायिक विद्यालयमा ल्यापटप वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
डेनमार्कस्थित डेनिस सूचना प्रविधि समाजले परीक्षणका रुपमा २ सय वटा ल्यापटप उपलब्ध गराएको बताइएको छ । ताइवानमा निर्माण गरिएका प्रति ल्यापटपको मूल्य करिब १ सय ८५ अमेरिकी डलर पर्ने बताइएको छ ।
दुई वाट विद्युत खपत गर्ने यी ल्यापटपमा ब्याट्री चार्ज गरेपछि दुई घन्टासम्म सजिलै काम गर्न सकिन्छ ।
विद्यार्थीले आ-आफ्ना घर लान पाउने ल्यापटपमा अहिले कक्षा २ र ६ को अङ्ग्रेजी र गणितको पाठयसामग्री राखिएको र पछि सबै विषयको पाठयक्रम राखिने बताइएको छ ।
पाठय सामग्रीबाहेक ई पुस्तकालय, इन्टरनेट, नेपाली अङ्ग्रेजी बालसहित्यसम्बन्धी सामग्री, अङ्कजाल, शब्दकोशजस्ता सामग्री पनि ल्यापटपमा राखिएका छन् । ल्यापटप नेपाली भाषामा चलाउन सकिनेछ ।

send your feedback

छाप्नुस् इमेल गर्नुस् प्रतिक्रिया दिनुस्



 

  प्रविधि र जीवन

ग्रामीण भेगमा ल्यापटप कम्प्युटर

कम्प्युटर खरिद गर्न सात विद्यालयलाई सहयोग

नाङ्गीमा इन्टरनेटबाट पशुको व्यापार

दुईसय चेपाङलाई रेडियो वितरण

अक्कले पुनलाई म्यागासेसे पुरस्कार

मकवानपुरका विद्यालयमा पनि दूर शिक्षा

परीक्षा नियन्त्रण कार्यालयमा सिसी टिभी जडान

 

  सर्वाधिकार हाम्रो समाचार डट कममा सुरक्षित छ । साजसज्जा र प्रविधी: प्रवेश सुवेदी  इमेल: info@hamrosamachar.com